सुनको मूल्य आज पनि तीन सय रुपैयाँ प्रतितोला बढेको छ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुन आज प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो।
मंगलबार भने छापावाल सुन ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै बुधबार ९५ हजार नौ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको तेजाबी सुन आज ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य पनि आज पाँच रुपैयाँ बढेको छ। चाँदी अघिल्लो दिन १३ सय ३५ रुपैयाँमा कारोबार भएकामा आज १३ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको संघले जनाएको छ।

प्रतिक्रिया