कारोबार


इसेवा मनि ट्रान्सफर र इन्स्ट्यान्ट क्यासबीच रेमिटेन्स भुक्तानी सम्झौता, क्यासब्याक पनि पाइने

इसेवा मनि ट्रान्सफर र इन्स्ट्यान्ट क्यासबीच रेमिटेन्स भुक्तानी सम्झौता, क्यासब्याक पनि पाइने

नेपालखबर
पुस २१, २०७७ मंगलबार ९:४३,

पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफर र विश्वमा रेमिटेन्सको क्षेत्रमा ख्यातीप्राप्त कम्पनी ‘इन्स्ट्यान्ट क्यास’, ग्लोबल मनि ट्रान्सफरबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ।

यो सँगै युएई कतार, कुवेत लगायतका १० भन्दा बढि मुलुकमा रहेका नेपालीले सहजै रेमिटेन्स पठाउन सक्नेछन्। रेमिटेन्स भुक्तानीसम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइराला र इन्स्ट्यान्ट क्यासका प्रमुख कार्यकारी अधिकृत सुल्तान अल महमदले हस्ताक्षर गरे।

युएई कतार, कुवेत लगायतका मुलुकमा रहेका नेपालीले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सक्नेछन्। नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्सफरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ। त्यसै गरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ। नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा रू ५५ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ।

इन्स्टयान्ट क्यासका रूपमा चिनिने ग्लोबल मनि ट्रान्सफर युएइको इमिरेटेन्स पोष्ट गु्रपबाट प्रवद्र्धित एक स्थापित कम्पनी हो। यो कम्पनी विश्व रेमिटेन्सको क्षेत्रमा तीब्र रूपमा बजार विस्तार गर्न सफल भएको छ। युएइमा प्रधान कार्यालय रहेको यस कम्पनीले कतार, ओमान, बहराइन, भारत, पाकीस्तान, बंलादेश र फिलिपिन्स्मा तीब्र रूपमा बजार विस्तार गरिरहेको छ भने २ लाख ५० हजार एजेन्ट नेटवर्कबाट आफ्नो सेवा प्रदान गरिरहेको छ।

इसेवा मनि ट्रान्सफरले डिजिटल र एजेन्ट दुवै माध्यम मार्फत विश्वका विभिन्न मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको छ। इसेवा मनि ट्रान्स्फरले अमेरिका, जापान, युरोपीयन देश लगायत खाडीका थुपै्र मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको छ। डिजिटल माध्यमबाट रेमिटेन्स भित्राउन प्रोत्साहन गरिरहेको इसेवा मनि ट्रान्सफर पछिल्लो समय विदेशमा रहेका नेपालीहरुको रोजाइमा पर्दै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad