लक्ष्मी बैंकले १ सय ११औँ शाखा काठमाडौँको भैँसेपाटीमा सञ्चालनमा ल्याएकोे छ। यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा, लकर सेवा प्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ।
यस नयाँ शाखाको साथलक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १ सय ११ शाखा, २ एक्सटेन्सन काउन्टर र चार हस्पिटल सेवा काउन्टर, १ सय ३३ एटीएम, २ हजार पाँच सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ५८ शाखारहित बैंकिङ्गएजेन्टहरु पुगेको छ। गण्डकी प्रदेशमा बैंकका शाखा संख्या ११ पुगेको छ ।

प्रतिक्रिया