ad ad

कारोबार


नबिल बैंक र डोटीको सायल तथा बैतडीको पञ्चेश्वर गाउँपालिकाबीच सम्झौता

नबिल बैंक र डोटीको सायल तथा बैतडीको पञ्चेश्वर गाउँपालिकाबीच सम्झौता

नेपालखबर
पुस ८, २०७७ बुधबार १५:५८,

नबिल बैंक लिमिटेडले स्थानीय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पुर्‍याउने उदेश्य अनुरुप विभिन्न गाउँपालिकामा रहेका शाखा मार्फत स्थानीय निकायसँग समन्वय गरी साना तथा मझौला ब्यवसायका साथै कृषि सम्बन्धी कार्यक्रममा सहयोग पुर्‍याउनको लागि स्थानीय निकायसँग सम्झौता गरेको छ।

सोही उदेश्य अनुरुप डोटीको सायल गाउँपालिका र बैतडीको पञ्चेश्वर गाउँपालिकासँग बैंकले सम्झौता गरेको छ।

सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द तथा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्दबीच छुट्टाछुट्टै कार्यक्रममा एमओयूमा हस्ताक्षर भएको छ। कार्यक्रममा नबिल बैंकका सहायक महाप्रबन्धक गणेशप्रसाद अवस्थीको उपस्थिति थियो।

कार्यक्रममा जनप्रतिनिधि, स्थानिय व्यबसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतका उपस्थिती थिए। कार्यक्रममाथि प्रकाश पार्दै नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पुर्ण कर्जाको

माध्यमबाट स्थानीयको आर्थिक विकासमा बैंकले के कस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पारे।
गाउँपालिकाका अध्यक्षद्वय तेजबहादुर डुम्रेल र गोरखबहादुर चन्दले, बैंक र गाउँपालिकाबीचको सम्झौता प्रशंसायोग्य रहेको धारण व्यक्त गरे। सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले यो सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउँको आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने धारणा राखेका थिए।
नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटीएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .