समाज


उखु किसानको आन्दोलन आज पनि जारी

उखु किसानको आन्दोलन आज पनि जारी

नेपालखबर
पुस ७, २०७७ मंगलबार ११:३६,

उखु किसानहरुले आज (मंगलबार) पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरु १० दिन यता माइतीघर मण्डालामा निरन्तर प्रदर्शन गरिरहेका छन्। किसानहरुले चिनी मिल सञ्चालकहरुबट करिब ९० करोड रुपैयाँ पाउन बाँकी छ।

गत वर्ष सरकारले उद्योगीहरुबाट भुक्तानी दिलाउन किसान र उद्योगी बिच सम्झौता गराएपनि उक्त सम्झौता अनुसार भुक्तानी नपाएपछि किसानहरु फेरि काठमाडौंको माइतीघर मण्डलामा आएर आन्दोलन गर्न बाध्य भएका हुन्।

सरकारले किसानको भुक्तानी नदिने उद्योगीहरुलाई कारबाही गर्ने बताएपनि अहिलेसम्म कुनैपनि उद्योगीलाई कारबाही गरेको छैन।

किसानहरुले आफ्नो भुक्तानी पाउन पनि सकिरहेका छैनन्। उखु किसानहरुले आफूहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म आन्दोलन जारी राख्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad