नेपाली बजारमा सुनको मूल्य पुनः वृद्धि भएको छ। सोमबार सुन प्रतितोला ९ सयले वृद्धि भएको छ। छापावाला सुन सोमबार प्रतितोला ९५ हजार २०० मा कारोबार भएको छ।
छापावाला सुन आइतबार प्रतितोला ९४ हजार ३०० मा कारोवार भएको थियो। यस्तै तेजाबी सुन प्रतितोला ८५० ले वृद्धि भएको छ। तेजाबी सुन सोमबार ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ८५० मा कारोवार भएको थियो।
यस्तै चाँदीको मूल्य भने तोलामा ४० ले वृद्धि भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३२० मा कारोवार भएको छ । आइतबार चाँदी एक हजार २८० मा कारोवार भएको थियो।

प्रतिक्रिया