उखु किसानको आन्दोलनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ऐक्यवद्धता जनाएको छ।
नेमकिपाका सांसद प्रेम सुवालले आइतबार माइतीघर मण्डलामा पुगेर उखु किसानको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन्। सर्लाहीबाट काठमाडौं आएका किसानहरु एकसाता यता माइतीघर मण्डलामा उद्योगीहरुबाट पाउनुपर्ने भुक्तानी दिलाईदिन माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनलाई समर्थन गर्न पुगेका सांसद सुवालले उखु किसानलाई तत्काल भुक्तानी दिलाईदिने काम सरकारले गर्नुपर्ने बताए। बर्षौंदेखि देखिँदै आएको भुक्तानी नहुने समस्याको दिर्घकालिन समाधान गर्नुपर्ने पनि नेता सुवालले बताए।
किसानहरुले गत वर्ष पुस १८ गते भएको सम्झौता बमोजिम भुक्तानी दिलाईदिन माग गर्दै आन्दोलनमा बसेका हुन्। गतवर्ष पुस १८ गते सरकार, उद्योगी र उखु किसानबीच भएको सम्झौता अनुसार गत वर्षकै माघ ७ गते भित्र भुक्तानी दिने उल्लेख छ।
तर चिनी मिल सञ्चालकहरुले एक वर्षसम्म पनि भुक्तानी नदिएपछि किसानहरु काठमाडौं आई आन्दोलनमा उत्रिएका हुन्।
Shares

प्रतिक्रिया