राजनीति


वामदेवले भनेः ओलीको कदमले गणतन्त्रको मूल्यमान्यता समाप्त पार्छ

वामदेवले भनेः ओलीको कदमले गणतन्त्रको मूल्यमान्यता समाप्त पार्छ

नेपालखबर
पुस ५, २०७७ आइतबार १०:१०,

नेकपा उपाध्यक्ष वामदेव गौतमले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका छन्।

उनले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको कदम गलत भएको बताएका हुन्।

आइतबार बिहान ओलीले संसद् विघटनको सिफारिस गरेपछि गौतमले त्यसप्रति आफ्नो कुनै धारणा नभएको बताएका थिए।

तर त्यसपछि उनले आफ्नो मत फेरेका हुन्।

‘गत आम निर्वाचनबाट झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैरसंवैधानिक कदम गलत र भर्त्सनायोग्य छ,’ गौतमले भनेका छन्।

यो कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र गणतन्त्रका मूल्यमान्यतालाई समाप्त पार्ने उनको भनाइ छ। 

Bamdev-3t56.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad