ad ad

कारोबार


शहरी विकासमन्त्री श्रेष्ठद्वारा विकासे कामको अनुगमन

शहरी विकासमन्त्री श्रेष्ठद्वारा विकासे कामको अनुगमन

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ११:२३,

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँ स्थित चन्द्रागिरी नगरपालिका र किर्तिपुर नगरपालिकाको विकास निर्माण सम्बन्धी परियोजनाको अवलोकन गरेका छन्।

मन्त्री श्रेष्ठसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले काठमाडौँ जिल्लाको चन्द्रागिरि नगरपालिका र किर्तिपुर नगरपालिका जोड्ने पुलको अवलोकन गरेका हुन्।

गत आर्थिक वर्षमा शिलान्यास भई निर्माण कार्य प्रारम्भ भएको पुलको काम भईरहेको छ। अवलोकनको क्रममा ८० प्रतिशत काम सम्पन्न भइसकेको र यसै वर्षको फागुनमा निर्माण सम्पन्न भइसक्ने देखिएको शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए।

उनले काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ र १० मा विभिन्न विकास निर्माणको काम भइरहेको र ती सबैलाई समयमै सम्पन्न गरिने बताए। मन्त्री श्रेष्ठले उक्त स्थानमा रहेको विष्णुदेवी मन्दिर परिसरको एकीकृत विकास गरिने पनि बताए।

कोभिड १९ को असर र वर्षायामको असरको बावजुद पनि पुल निर्माण गर्ने कार्य समयमै सकिने अवस्था देखिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले बताए।

यस वर्ष कोभिड १९ को कारण देशभरका निर्माणकार्यमा असर परेको छ। लामो समयको लकडाउन पछि बिस्तारै निर्माण क्षेत्रमा काम शुरु हुन थालेका छन् भने सम्बन्धित मन्त्रीहरुले अनुगमनमा तिव्रता दिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .