ad ad

कारोबार


निगमले पायो गौतमबुद्ध र पोखरा विमानस्थलको ग्राउण्डह्याण्डलिङ गर्ने अनुमति

निगमले पायो गौतमबुद्ध र पोखरा विमानस्थलको ग्राउण्डह्याण्डलिङ गर्ने अनुमति

नेपालखबर
पुस २, २०७७ बिहिबार ६:२४,

नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउण्ड ह्याण्डलिंग (भूमिस्थ प्रबन्ध सेवा) गर्ने अनुमति प्राप्त गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को गत मंसिर १७ को निर्णयले निगमलाई उक्त अधिकार प्राप्त भएको निगमले जनाएको छ। निगमले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियस्तरको भूमिस्थ प्रबन्ध सेवा दिँदै आएको छ।

त्यसैगरी निगमले ट्विनअटर विमानबाट मङ्सिर ३० मा सोलुखुम्बुको थुलुङ्ग दूधकोशी गाउँपालिका वडा नं २ स्थित काँगेलडाँडा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको जनाएको छ। राष्ट्रिय ध्वजावाहक निगमले सेवाग्राहीको अपेक्षा र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न गुणस्तरीय सेवासहितको व्यावसायिक सुनिश्चितता एवं प्रवर्द्धनका लागि १० वर्षे व्यावसायिक कार्ययोजना तयार पारेको निगमका प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिइन्।

निगमले उक्त व्यावसायिक कार्ययोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसमक्ष मङ्सिर २९ गते बुझाएको थियो।

निगम सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरे तथा महाप्रबन्धक डिम प्रकाश पौडेलको नेतृत्वमा बुझाइएको सो व्यावसायिक योजना ग्रहण गर्दै मन्त्री भट्टराईले निगमको एउटा रोडम्याप तयार भएको र सरकारले यो योजनालाई सफल बनाउन आवश्यक सम्पूर्ण सहयोग गर्ने बताएको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .