अहिले बजारमा अरु तरकारीको तुलनामा आलु महंगो रहेको छ।
तर अब बजारमा आलु सस्तो हुँदै जाने कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जानकारी दिएको छ।
अहिले धेरै प्रकारका तरकारीहरुको नेपाली सिजन हो। आलु पनि नेपाली सिजनअनुसार बजार आउँदै गरेकोले सस्तो हुने समितिको ठहर छ।
समितिले निर्धारण गरको मूल्यअनुसार कालीमाटीमा नै अहिले सबै प्रकारका आलू प्रतिकिलो ६० रुपैयाँभन्दा माथि छ।
कालीमाटी बजारमा थोक मूल्यअनुसार रातो नेपाली आलु ६८ रुपैयाँ प्रतिकिलो छ। जबकि गत वर्ष यही अवधिमा यो आलु ४९ रुपैयाँ प्रतिकिलो थियो।
भारतीय रातो आलु ६३ र नेपाली सेतो आलु पनि ६३ रुपैयाँ प्रतिकिलो छ।
कुनै वर्ष केही दिनअघि उत्पादन बजारमा आउने र कुनै वर्ष केही दिनपछि बजारमा आलु आउने गर्छ।
त्यसकारण आगामी दिनमा आलु सस्तो हुने निश्चित रहेको कालीमाटी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया