ad ad

खेल


बार्सासँगको खेल अगाडि युभेन्ट्सका प्रशिक्षक भन्छन्ः मेस्सी मनोवैज्ञानिक समस्यामा छन्

बार्सासँगको खेल अगाडि युभेन्ट्सका प्रशिक्षक भन्छन्ः मेस्सी मनोवैज्ञानिक समस्यामा छन्

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ११:११,

खेल नेपाली समयअनुसार आजराति १ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

यस खेलमा दुई वर्षपछि पहिलोपटक दुई स्टार खेलाडीहरु लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकसाथ मैदानमा देखिँदैछन्।

मेस्सी बार्साबाट र रोनाल्डो युभेन्ट्सको तर्फबाट मैदान उत्रनेछन्।

खेल अगाडि युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोले मेस्सी उत्कृष्ट खेलाडी भएको बताएका छन्। यद्यपी मेस्सी अहिले मनोवैज्ञानिक समस्यामा परेको उनको भनाइ छ।

यस सिजनको सुरुवातमा मेस्सी र बार्सिलोनाबीच विवाद भएको थियो। मेस्सी क्लब छाडेर अन्य क्लबमा आवद्ध हुन चाहन्थे। अब आउने नयाँ सिजनमा उनले क्लब छाड्ने अनुमान गरिएको छ।

‘मेस्सी जीवनको गम्भीर मोडमा आइपुगेका छन् किनभने उनी र क्लबबीच समस्या देखिएको छ’ पिर्लो भन्छन्,‘तर खेलमा उनले आफ्नो गुण सँधै देखाएका छन्। फुटबलको समस्या भन्दा उनमा सम्भवत अहिले मनोवैज्ञानिक समस्या छ। तर म त्यस विषयमा जान चाहन्न, किनभने त्यो विषय हाम्रो सरोकारको विषय होइन।’

उनले क्लबसँगको विवादका कारण मेस्सी मनोवैज्ञानिक समस्यामा रहेको संकेत गरेका थिए। यद्यपी उनले मेस्सी उत्कृष्ट भएको र उनले आफ्नो उत्कृष्टता सँधै देखाएको पिर्लोको भनाइ छ।

सो क्रममा मेस्सी र रोनाल्डो दुवैलाई पिर्लोले उत्कृष्ट खेलाडी भएको बताए। मार्का

यो पनिः आज दुई वर्षपछि मैदानमा आमने–सामने हुँदै मेस्सी र रोनाल्डो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .