कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै अर्जेन्टिनाले सम्पत्ति सम्बन्धी नयाँ कानून पास गरेको छ।
कानुन अनुसार धनाढ्य व्यक्तिहरुबाट उठेको कर औषधि किन्न तथा राहत सामग्री खरिद गर्न प्रयोग गरिनेछ।
समग्रमा यस करले यहाँको जनतालाई मद्दत पुग्ने बताइएको छ। शुक्रबार ‘लखपतिलाई ट्याक्स’ भन्ने यस विशेष सम्पत्ति कानुनको पक्षमा ४२ मत आएको र विपक्षमा २६ मत खसेको बताइएको छ।
नयाँ कानुनअनुसार २५ लाख अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका मानिसमा यो कर व्यवस्था लागू हुनेछ छ।
अधिकारीहरुका अनुसार १२ हजारभन्दा बढी धनाढ्यहरुले अब सरकारलाई यस कानुनअनुसार कर तिर्नुपर्ने हुन्छ।
यसबाट उठेको रकम कोरोनाका कारण मारमा परेका गरिबहरुको पक्षमा खर्च हुनेछ। एजेन्सी

प्रतिक्रिया