ad ad

कारोबार


द स्ट्रिंग्सको विजयी प्रतियोगीको नाम घोषणा

द स्ट्रिंग्सको विजयी प्रतियोगीको नाम घोषणा

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ८:४२,

रेट्रो अंग्रेजी सांगीतिक प्रतियोगिता द स्ट्रिंग्सको अन्त्यसँगै विजयी प्रतियोगीको नाम घोषणाको पर्खाइ पनि अन्त्य भएको छ।

कार्यक्रमको ग्रान्ड फिनाले प्रतियोगीहरुको प्रदर्शनसहित मनोरन्जनात्मक खुराक प्रस्तुत गरियो जसका निर्णायक मण्डलमा निर्वाण चौधरी, युलिया कोइराला, पेम्बा लेप्चा र सोंना अमात्य रहेका थिए।

विवेक सिंह ठकुरी कार्यक्रमका एकल होस्ट थिए। विजेताको छनोटको आधार दर्शकहरुको भोट रहेको थियो र दर्शकहरु कसलाई विजयी बनाउने भन्नेबारे निस्चय थिए।

द स्ट्रिंग्स विजयीको घोषणा मंगलबार गरिएको थियो र यो सबैको लागि रमाइलो साँझ थियो।

द स्ट्रिंग्सको पहिलो सिजनको एतिहासिक विजयी शिवना श्रेष्ठले ट्रोफि र नाम दुबै हासिल गरिन्। त्यसमा तुशिता मास्के दोस्रो र स्वोर्निम श्रेष्ठ तेस्रो स्थान हासिल गर्न सफल भए।

पुरस्कारको विषयमा भन्नु पर्दा पहिलो विजेता नगद १ लाख, २ रातर ३ दिनको होटेल रेनफोरेस्ट, सौराहा, चितवनमा स्टे, दोस्रो विजेताले नगद ५० हजार र २ रातर ३ दिनको होटेल पार्कल्याण्ड, सौराहा, चितवनमा स्टे र तेस्रो विजेताले नगद २५ हजार र चन्द्रागिरी हिल्स रिसोर्ट, चन्द्रागिरीमा २ रात र ३ दिनको स्टे प्राप्त गरेका छन्। यस बाहेक डीसहोमको वार्षिक जडान र अन्य आकर्षक उपहारहरु समेत प्राप्त विजयी प्रतियोगीहरुले प्राप्त गरेका छन्।

कार्यक्रममा पेम्बा लेप्चा र भुषण श्रेष्ठको विशेष प्रश्तुतिले दर्शकहरुलाई पुराना यादहरुसँग जोडेको थियो।

पुराना रेट्रो गीतहरुको प्रस्तुति वास्तवमै जादुयी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .