ad ad

कला


परराष्ट्रमन्त्री ज्ञवालीकी पत्नी सरस्वतीको कविता संग्रह ‘स्वाभिमान’ सार्वजनिक

परराष्ट्रमन्त्री ज्ञवालीकी पत्नी सरस्वतीको कविता संग्रह ‘स्वाभिमान’ सार्वजनिक

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ८:५३,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ। कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उतारेकी छन्।

‘स्वाभिमान’ नाम दिइएको कविता संग्रहमा देश प्रेमको भाव झल्कने र वर्तमान समाजका विषयहरु पनि समेटिएको छ। कवितासंग्रहलाई अपाङ्गता भएका बालबालिकालाई समर्पित गरेकी छन्।

कवयत्री ज्ञवाली आफैँ पनि अपाङ्गता भएकी छोरीको अविभावक हुन्। संग्रहमा समेटिएको ‘सीता र भृकुटी’को माटोमा भन्ने शिर्षकमा नेपाली नारीहरुमाथिको उत्पीडनलाई उतारिएको छ।

यस्तै ‘कविता संग्रहको आवाज’ शिर्षक कविता कवियत्री ज्ञवालीको आफ्नै अनुभव बयान गरेजस्तो लाग्छ। फरक शारीरिक अवस्थाकी छोरीलाई आफ्नो मातृत्व र स्नेहले हुर्काएको अनुभूति पनि कवितामा छ।

कवयत्री ज्ञवालीले कवितामा आफ्नो छोरीबाट आमाको सम्बोधन सुन्न लालायित भएको कठोर तृष्णा पनि व्यक्त गरेकी छन्।

वि.सं २०१९ कात्र्तिक महिनामा पाल्पा जिल्लामा जन्मिकी ज्ञवाली बापमन्थी आन्दोलनमा संलग्न थिइन्। यस अघि कवयत्री ज्ञवालीको आत्मकथा ‘लाल्टिनको उज्यालोमा’ पाठक सामु ल्याइसकेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .