ad ad

कारोबार


एभरेष्ट बैंकद्वारा पशुपतिमा वातावरणमैत्री शवदाह गृह स्थापना

एभरेष्ट बैंकद्वारा पशुपतिमा वातावरणमैत्री शवदाह गृह स्थापना

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ११:४७,

एभरेष्ट बैंक लिमिटेडले पशुपतिनाथ मन्दिरमा वातावरणमैत्री शवदाह गृह स्थापना गरेको छ।

यस शवदाहगृहबाट उत्पन्न भएको धूवाँ, भिजेको स्क्रबर हुँदै निस्किनेछ जसले वातावरणमा पुग्नुअघि सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटाई प्रदूषण नियन्त्रण गर्न मद्दत गर्नेछ।

सो शवदाह गृह संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको हो।

सो क्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकाललाई अन्य प्रमुख अतिथिहरुको उपस्थितिमा हस्तान्तरण गरेको बैंकले जनाएको छ।

बैंकले सधैं आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको जनाउँदै यसको सी.एस.आर गतिविधिहरूअन्तर्गत जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ।

बैंकका हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु छन्। उसले ९८ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १२८ एटीएम बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .