ad ad

समाज


ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुटवलमा एक जनाको मृत्यु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुटवलमा एक जनाको मृत्यु

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ११:५१,

बुटवलको अस्पताल लाइनमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्युु भएको छ।

राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना७ख १३३९ नंको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु४९प २५२ नंको स्कुटर ठक्कर दिँदा बुधबार एक जनाको भएको हो।

उक्त दुर्घटनामा बुटवल–८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .