ad ad

राजनीति


नेकपा विवाद अन्त्य गर्न महाधिवेशन आवश्यक छ : गौतम

नेकपा विवाद अन्त्य गर्न महाधिवेशन आवश्यक छ : गौतम

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ११:४१,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद गौतमले पार्टीमा देखिएको विवाद अन्त्य गर्न महाधिवेशन आवश्यक भएको बताएका छन्।

सदरमुकाम खाँदबारीमा पत्रकारसँग कुरा गर्दै नेकपाका केन्द्रीय सदस्य गौतमले अबको केन्द्रीय कमिटीको बैठकबाट महाधिवेशनको कार्यतालिकामाथि छलफल गरेर त्यसको कार्यान्वयनतिर लाग्नुपर्ने बताए।

उनले हिजोका दिनमा रुसी तथा चिनियाँ कम्युनिष्ट पार्टीमा दुई लाईनको संघर्ष भई पार्टी विभाजन हुने खतरा रहेका समयमा समेत तिनले पार्टी विभाजन नगरी व्यवस्थापन गरेको उदाहरण दिँदै उनले देशको नेतृत्व गर्नका लागि पार्टी विभाजन नभई एकताका पक्षमा लाग्नु नै उपयुक्त हुनेमा जोड दिए।

पार्टीभित्र अबको महाधिवेशनबाट उमेरहद लागु हुनुपर्ने गौतमको भनाइ थियो। उनले भने, ‘उमेर मात्र नभएर दृष्टिकोण, विचारसमेत युवाशक्तिले अवलम्बन गर्ने खालको हुनुपर्नेछ।’ हिजो पूर्वएमाले र पूर्वमाओवादीले लिएका सिद्धान्त, विचार तथा कार्यक्रम थाती राखेर अब ‘जनताको जनवाद’ माथि छलफल गरेर पार्टीलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको पनि उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .