ad ad

कारोबार


सुदूरपश्चिम प्रदेशमा पहिलो चौमासिक बजेट खर्च साढे ६ प्रतिशत

सुदूरपश्चिम प्रदेशमा पहिलो चौमासिक बजेट खर्च साढे ६ प्रतिशत

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ९:३६,

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बजेट खर्च र राजस्व संकलनमा प्रभावकारी काम गर्न विषयगत मन्त्रालयहरुलाई निर्देशन दिएका छन्।

चालु आर्थिक वर्ष (२०७७/०७८)को पहिलो चौमासिकमा बजेट कार्यान्वनको समीक्षा गर्न आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले बजेट कार्यान्वयनमा प्रभावकारी काम गर्न निर्देशन दिएका हुन्।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदीले राखेको खर्च र आम्दानीको प्रतिवेदन माथि छलफल भएको थियो। सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कुल बजेटको ६ दशमलव २९ प्रतिशत अर्थात २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ। यस्तै राजस्व संकलन तर्फ कुल लक्ष्यको ६४ दशमलव ४५ प्रतिशतले बढी राजस्व संकलन भएको छ।

यस्तै विषयगत मन्त्रालयका सचिवहरुले पनि आ–आफ्नो मन्त्रालयको प्रगति विवरण सार्वजनिक गरेका थिए। सबै मन्त्रालयको कार्यप्रगति हेरीसकेपछि मुख्यमन्त्री भट्टले जनअपेक्षा अनुसारका काम गर्न विषयगत मन्त्री र सचिवहरुलाई निर्देशन दिए।

कार्यक्रममा पहिलो चौमासिकमा सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सबैभन्दा बढी खर्च गरेको र आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै भन्दा कम खर्च गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो।

जस अनुसार प्रदेश सभा सचिवालयले १९ दशमलव ५१ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १ दशमलव २९ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले शून्य दशमलव ८१ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७ दशमलव ४५ प्रतिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४ दशमलव २९ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले ८ दशमलव २५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ८ दशमलव ०८ र वित्तीय हस्तान्तरण स्थानीय तहले ८ दशमलव ५१ प्रतिशत खर्च गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .