कारोबार


सात लाख अलैँचीका बिरुवा बिक्री

सात लाख अलैँचीका बिरुवा बिक्री

नेपालखबर
साउन १४, २०७६ मंगलबार १०:३४,

यहाँका अलैँची कृषकले सात लाख अलैँचीका बिरुवा बिक्री गरेका छन्। लमजुङभित्र र बाहिरी जिल्लाका किसानलाई उक्त सङ्ख्याको बिरुवा बिक्री गरिएको नेपाल अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखाले जनाएको छ।

सो बिरुवा बिक्रीबाट रु ३५ लाख आम्दानी भएको उक्त शाखाका अजय तामाङले बताए। उनका अनुसार जिल्ला बाहिरमात्रै चार लाख बिरुवा बिक्री भएको र सो बाट रु २० लाख आम्दानी भएको थियो।

क्व्होलासोँथर गाउँपालिका–८ घाम्राङका कृषक ईश्वर गुरुङले छ वर्षदेखि शिवानी कृषि फार्म सञ्चालन गरी अलैँचीका बिरुवा उत्पादन गर्दै आएकामा यस वर्ष एक लाख ५० हजार बिरुवा उत्पादन भएको थियो। उत्पादित बिरुवामध्ये हालसम्म ७० हजार अलैँचीका बिरुवा बिक्री भैसकेको र यसबाट रू तीन लाख ५० हजार प्राप्त भएको उनले बताए।

त्यस्तै बेंशीशहर नगरपालिका– १० खाँचेका अलैँची कृषक सोमबहादुर तामाङको खाँचे अलैँची तथा जडीबुटी नर्सरी फार्ममा यस वर्ष एक लाख अलैँचीका बिरुवा उत्पादन भएकामा सो बिरुवामध्ये ४० हजार बिरुवा आफैँले रोपेर ६० हजार बिरुवा जिल्ला र जिल्ला बाहिरका किसानलाई बिक्री गरिएको थियो। प्रतिबिरुवा पाँचदेखि छ रुपैयाँसम्म बिक्री गर्दा रू दुई लाख ५० हजार आम्दानी भएको उनले बताए।

केही वर्षअघिदेखि जिल्लाका किसानले अलैँचीखेती व्यवसाय गरेको छोटो समयमै अलैँची खेतीलाई राम्रो आम्दानीको स्रोत बनाउँदै आएका छन्। उक्त शाखाका अनुसार यस वर्ष सात लाख ५० हजार वटा अलैँची बिरुवा उत्पादन भएकामा गत वर्ष २० लाख बिरुवा उत्पादन भएको थियो।

यस वर्ष उत्पादनसँगै अलैँची बिरुवाको मूल्यसमेत घटेको छ। यस वर्ष प्रतिबिरुवा पाँच रुपैयाँका दरले बिक्री भयो भने गत वर्ष १३ लाख बिरुवा प्रतिबिरुवा पाँचदेखि साँढे सात रुपैयाँका दरले विक्री गर्दा रू६५ लाखभन्दा बढी आम्दानी भएको उक्त कार्यालयले जनायो।

असारदेखि भदौ महीनासम्म किसानले अलैँचीका बिरुवा रोप्ने गर्दछन्। जिल्लामा एक हजार ५६ हेक्टर जमीनमा अलैँची खेतीको राम्रो सम्भावना भए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा मात्रै अलैँची उत्पादन हुँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad