माछापुच्छ्रे बैंक र नेपाल भेटेरिनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आबद्ध सदस्यहरुलाई विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा नेपाल भेटेरिनरी संघको तर्फबाट अध्यक्ष डा. शीतलकाजी श्रेष्ठ तथा माछापुच्छ«े बैंकको तर्फबाट दायित्व व्यवस्थापन एवं बाह्य मामिला प्रमुख सुनिल खतिवडाले हस्ताक्षर गरेका हुन्।
सम्झौतापश्चात् नेपाल भेटेरिनरी संघसँग सदस्यहरुलाई बैंकले सरल र सहज बैंकिङ सेवा प्रदान गर्नेछ। बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्नेछ।
बैंकले स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउँदै आएको छ। देशैभर बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजारभन्दा बढी पीओएसमार्फत सेवा दिँदै आएको छ।
प्रतिक्रिया