नेपालमा सन् २००० देखि सजावटी रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल) प्रा.लि.ले सञ्चालन गरेको उपभोक्ता योजना बर्जर कलर स्प्ल्यासका विजेताहरुको घोषणा गरेको छ।
यो योजना २०७६ सालको बडा दसैं र तिहारलाई लक्षित गरेर भदौ देखि २०७६ पुषसम्म सञ्चालन गरिएको थियो, जुन योजना अन्तर्गत ग्राहकहरुले बर्जर पेन्ट्का उत्पादनहरु खरीद गर्दा १०० वर्ग फिट सिल्क इलुजन डिजाइनर्स फिनिस पक्का उपहार प्राप्त गरेका थिए र साथसाथै भाग्यशाली गोला प्रथा र डिजिटल प्रतियोगिता मार्फत् अन्य आकर्षक उपहारहरु जित्ने अवसर पनि दिइएको थियो।
योजनामा सहभागी ६००० भन्दा बढी ग्राहकहरुमध्येबाट १७८ जना भाग्यशाली विजेताहरुको घोषणा प्रत्यक्ष लक्की ड्रबाट गरिएको थियो। जस अनुसार जयनाथ सापकोटा (विराटनगर) ले नगद रु.५ लाख जितेका छन् भने पूर्णमान गुरुङ्ग (बिर्तामोड) र रमेश श्रेष्ठ (काठमाडौं) ले लण्डन ट्रिप जितेका छन्।
यसैगरी लक्की ड्रबाट २५ जना विजेताहरुले दोस्रो पुरस्कार अन्तर्गत ३२ इन्चको सामसुङ्ग टिभि, ५० जना विजेताहरुले तेस्रो पुरस्कार अन्तर्गत आन्तरिक ट्रिप र १०० जना विजेताहरुले सान्त्वना पुरस्कारमा सामसुङ्ग एम२० पुरस्कारहरु प्राप्त गरेका छन्।
योजना अन्तर्गतकै डिजिटल प्रतियोगिताको विजेताहरुमध्ये दुर्गा लामिछाने र सुरेश लामिछानेले बाहिरी समूहको लागि र मनोज सिटौला र चानु खड्का भण्डारीले भित्री समुहको लागि प्रथम पुरस्कार वापत् जनही १/१ लाखका दरले नगद पुरस्कार जितेका छन्। यस्तै दोस्रो पुरस्कार विजेताहरु यम बहादुर बस्नेत र सरला अधिकारीले बाहिरी समूहको लागि तथा राजु लामा र हेम प्रसाद ढकालले जनही ५०/५० हजारका दरले नगद पुरस्कार जितेका छन्।
तेस्रो पुरस्कार अन्तर्गत बाहिरी समूहमा बसन्त कुमार बस्नेत र लिला खड्का तथा भित्री समुहमा घदेन्द्र राई र धन बहादुर बस्नेतले जनही २५/२५ हजारका दरले नगद पुरस्कार जितेका छन् भने सान्त्वना पुरस्कारमा २० जना घरधनीहरु प्रत्येकले १०÷१० हजार रुपैयाँ प्राप्त गरेका छन्। योजनामा पब्लिक च्वाइस अवार्डको विजेता बिर्तामोडका प्रदिप राईले सामसुङ्ग ए३० पुरस्कार जितेका छन्।
विजेताहरुको सम्पूर्ण विवरण बर्जर पेन्ट्सको फेसबुक पेज र वेब साइटमा राखिएको छ। विजेताहरुलाई आफ्नो पुरस्कार यो नतिजा प्रकाशित भएको मितीबाट १५ दिनभित्रमा आफ्नो नजिकको बर्जर सेल्स डिपोमा सम्पर्क राख्न सबै विजेताहरुलाई सूचित गरिएको छ। सम्पूर्ण विजेताहरुलाई एस.एम.एस. मार्फत जानकारी गराइनेछ र विस्तृत विजेताको विवरण बर्जरको आधिकारीक वेभसाइट र फेसबुक पेजमा उपलव्ध गराइएको छ।
बर्जर पेन्ट्स नेपालमा सर्वोत्कृष्ट पेन्टहरुको पर्याय हो र यसले सिल्क ग्ल्यामर, सिल्क ब्रेथ इजि, वेदर कोट लङ्ग लाइफ, वृदर कोट अल गार्ड, वेदर कोट एन्टि डस्ट, सिल्क इलुसन्स, सील–ओ–प्राइम र स्वचालित एक्सपी मेसिनबाट संचालन हुने एक्सपी शृँखलाका सम्पूर्ण उत्पादनहलगायतका नवीनतम उत्पादनहरु बजारमा प्रस्तुत गरिसकेको छ। बर्जर पेन्ट्स नवीनतम उत्पादनहरुका साथसाथै उत्साहबद्र्धक ग्राहक योजनामार्फत् ग्राहकहरुलाई सधैं खुसी एवं उत्साहित बनाउन प्रतिबद्ध रहेको जनाएको छ।
Shares

प्रतिक्रिया