केही दिनयता कीर्तिमानी कारोबार गर्दै आएको सेयरबजार आज भने ओर्लिएको छ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २.३८ अंकले र सेन्सिटिभ सूचक शून्य दशमलव १२ अंकले घटेको हो।
आज १ सय ९९ वटा कम्पनीको सेयर किनबेच भएको बजारमा ४ अर्ब ७६ करोडको कारोबार भएको छ। आइतबार ६ अर्ब ९० करोडको सेयर कारोबार भएको थियो।
नेप्सेका अनुसार आज कारोबार अवधिमा १ करोड २० लाख कित्ता सेयर बिक्री भएका छन्।
११ बजे खुलेको बजार २३ मिनेटमै न्यून विन्दुमा पुगे पनि फेरि उकालो लागेको थियो। तर पुनः बजारमा उतारचढाव देखिने क्रममा उक्त अंकले नेप्से घटेको हो।
कुल १२ समूहमध्ये आज वाणिज्य बैंक, व्यापार, होटल र उत्पादनको बाहेक अरु समूहको सूचक राताम्य भएको छ।
आज नेपाल बैंक लिमिटेडको ३० करोडको, पुनर्बीमा कम्पनीको २९ करोडको, हिमालयन डिस्टिलरीको २८ करोडको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोडको र प्राइम कमर्सियल बैंकको १७ करोडको उच्च पाँच कारोबार भएको छ।
आज कमाउने कम्पनीले ९.९२ प्रतिशत र गुमाउनेले ४.५४ प्रतिशतसम्म गुमाएका छन्।

प्रतिक्रिया