होटल संघ नेपाल (हान)की अध्यक्ष सृजना राणा र महासचिव साजन शाक्यले पूर्वअध्यक्ष अमरमान शाक्यको निधनमा शोक व्यक्त गरेका छन्।
आज एक संयुक्त वक्तव्यमार्फत उनीहरुले शोकसन्तप्त परिवारजनमा समवेदनासमेत प्रकट गरेका छन्।
हानको निवर्तमान अध्यक्ष रहेका अमरमान शाक्यको बिहान ७२ वर्षको उमेरमा मृत्यु भएको थियो। स्वर्गीय शाक्यले होटल तथा पर्यटन उद्योगको विकासमा उल्लेखनीय योगदान पु¥याउदै होटल संघ नेपालको निवर्तमान अध्यक्ष भई नेतृत्वदायी भूमिका निर्वाह गरेको हान अध्यक्ष र महासचिवले जारी गरेको वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा भनिएको छ, ‘नेपाल सरकारबाट विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई प्रदान गर्ने ‘प्रबल जनसेवाश्री चतुर्थ’बाट विभूषित श्री अमरमान शाक्यज्यूको मिति २०७७ मंसिर ५ गते शुक्रबार विहान ७२ वर्षको उमेरमा स्वर्गारोहण भएको सूचना सम्प्रेषण
गर्दा हामी स्तब्ध भएका छौँ।’
यो पनि –
कोरोना संक्रमणका कारण होटल संघका निवर्तमान अध्यक्ष शाक्यको निधन
हानमा स्वर्गीय शाक्यले २४ वर्षभन्दा बढी सक्रिय रही अतुलनीय योगदान पुर्याएका थिए। होटल क्षेत्रमा शाक्यलाई स्वस्थापित एक कुशल व्यवस्थापक, सरल तथा मिजासिला व्यक्तिको रुपमा लिइन्थ्यो भने अतिथ्यता उद्योगको स्तरउन्नति र समग्र पर्यटन प्रवर्द्धनका एक सक्रिय अभियन्ता थिए।
जारी शोक वक्तव्यमा भनिएको छ, ‘होटल क्षेत्रमा रोजगारदाता र श्रमिकको बीच एकता र सह–सम्बन्ध स्थापित गर्दै औद्योगिकमैत्री वातावरण कायम राख्न स्वर्गीय शाक्यको अति महत्वपूर्ण योगदानको स्मरणका साथ यस दुःखद घडिमा स्व। शाक्यप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।’ स्वर्गीय शाक्यका श्रीमती र दुई छोराहरु छन्।
Shares

प्रतिक्रिया