समाज


निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार १२:५७,

मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठ माथि दुव्र्यवहार गर्ने र भिडियो टिकटकमा ‘अपलोड’ गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर, भक्तपुरले बिहीबार भक्तपुर नगरपालिका–५ टौमढीबाट उनीहरुलाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन्।

निकिशामाथि भक्तपुर नगरपालिका–१ दूधपाटीमा गत मंगलबार दुव्र्यवहार गरी बुधबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो। त्यस लगत्तै नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्यूरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेपछि भक्तपुर प्रहरीले पक्राउ गरेको बताइएको छ।

सार्वजनिक भएको भिडियोमा स्कुटरमा सवार व्यक्तिले निकिशालाई लैङ्गिक विभेद र अपमानजनक शब्द प्रयोग गरी दुव्र्यवहार गरेको र आफूलाई दुव्र्यवहार गरेपछि श्रेष्ठले ती मानिसलाई लखेटेको देखिन्छ।

प्रहरीले आज बिहान टौमढी निवासी १७ वर्षीय विशेष जोशी, अपरान्ह् दूधपाटी बस्ने १७ वर्षीय रितश लाखेलाई तौमढीस्थित आफन्तको घरबाट र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई वडा नं १ भार्वाचोबाट पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए।

प्रहरीको अनुसन्धानमा खत्रीले स्कुटर चलाएको, लाखेले अपशब्द बोल्दै भिडियो खिचेको र जोशीले भिडियो अपलोड गरेको खुलेको छ। प्रहरीको साइबर ब्यूरोले यसबारेमा थप अनुसन्धान गरिरहेको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad