ad ad

कारोबार


अब हङकङबाट पनि सहजै रेमिट्यान्स् पठाउन सकिने

अब हङकङबाट पनि सहजै रेमिट्यान्स् पठाउन सकिने

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार १०:१०,

इसेवा मनि ट्रान्सफर र हङकङको रेमिट्यान्स् कम्पनी केएमई रेमिटेन्सबीच रेमिट्यान्स सेवा सुरु भएको छ।

यो सेवा सुरु भएपछि हङकङमा रहेका नेपालीहरुले केएमई रेमिट्यान्सबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिने इसेवा मनि ट्रान्सफरले जनाएको छ।

नगदमा पठाइएको रकम नेपाल भर रहेका ८,००० भन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त सकिनेछ। त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ। केएमई रेमिट्यान्सले छिटै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि सुरु गर्ने जनाएको छ।

रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक– अजेश कोइराला र केएमई रेमिटेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद ढकालले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .