कारोबार


पूर्व सशस्त्र प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंकमा पेन्सनर कर्जा

पूर्व सशस्त्र प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंकमा पेन्सनर कर्जा

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार ११:५४,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्व सशस्त्र प्रहरी संघबीच संघका सदस्यहरुलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ। सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष किशोर कुमार लामाले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात नेपाल पूर्व सशस्त्र प्रहरी संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यहरुलाई बैंकमा सिफारिश गर्ने छ। बैंकले सिफारिश भएर आएका सदस्यहरुलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही अधिकतम दश लाख रुपैयाँसम्म आधार दरमा दुई प्रतिशत थप प्रिमियम जोडेर पेन्सनर कर्जा प्रवाह गर्ने छ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सशस्त्र प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछी पनि साना तथा मध्यम व्यवसाय गरी उत्पादनसँग जोडिइ आफ्नो आर्थिक अवस्था सुधार गर्न यो कर्जाले सघाउ पुर्याउने बताए।

संघका अध्यक्ष किशोर कुमार लामाले अवकाश प्राप्त सुरक्षाकर्मी साथीहरुले नोकरी पछी बैदेशिक रोजगारीमा नगई नेपालमै केही कार्य गर्न सकिने बताए। समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी तथा संघका बरिष्ठ उपाध्यक्ष डा.ठाकुर मोहन श्रेष्ठले मन्तब्य व्यक्त गरेका थिए।

बैंकको हाल ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad