कारोबार


गन्तव्य विस्तार गर्दै यती एयरलाइन्स, नयाँ विमानले धनगढी उडान गर्ने

गन्तव्य विस्तार गर्दै यती एयरलाइन्स, नयाँ विमानले धनगढी उडान गर्ने

नेपालखबर
साउन १२, २०७६ आइतबार ११:९,

नजिकिएको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धमाधम विमान भित्र्याइरहेको निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो व्यावसायिक गन्तव्य पनि विस्तार गर्ने भएको छ।

व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने उद्देश्यका साथ थपिएका एटीआर विमानलाई पुराना गन्तव्यका साथै थप नयाँ गन्तव्यमा पनि उडान भर्ने कम्पनीले जनाएको हो।

यतीले आफ्नो सेवा विस्तारका क्रममा पाँचौँ ‘एटीआर–७२–५००’ विमान शनिबार काठमाडौँ भित्र्याएको थियो। योसँगै कम्पनीसँग अब पाँच वटा एटीआर विमान छन्। नयाँ विमानले हालकै गन्तव्य तथा छिट्टै धनगढीमा पनि उडान सुरु गर्ने एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले जानकारी दिए।

यतीले अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, पोखरा, भैरहवा र पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ सेवा दिइरहेको छ। नयाँ एटीआर विमान सञ्चालनमा आउन झण्डै दुई महिना लाग्नेछ। यतिले एक साताअघि पोखरामा पनि एटीआर विमानबाट सेवा सुरु गरेको घोषणा गरेको थियो।

सन् १९९८ देखि उडान सेवा शुरु गरेको यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम विमान र भगिनी संस्था तारा एअरको दुई डोर्निओर डीओ २२८ र चार ट्वीनअटर विमान छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad