भारतले गोरखा र नुवाकोटमा आवास पुनर्निर्माणका लागि मंगलबार एक अर्ब रुपैयाँ प्रदान गरेको छ।
पाँच वर्षअघि आएको महाभुकम्पमा परी ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माणका लागि भारत सरकारले गरेको प्रतिबद्धताअनुसार सो सहयोग प्रदान गरेको हो।
भारतीय अनुदानस्वरूप गरिएको एक अर्ब नेपाली रुपैयाँको सो चेक नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई मंगलबार हस्तान्तरण गरेका हुन्।
सो अवसरमा आपसी समृद्धि र प्रगतिका लागि दुई देशबीचको द्विपक्षीय आर्थिक र विकास साझेदारीलाई अझ मजबुत बनाउनेबारे सकारात्मक छलफल भएको राजदूत क्वात्राले बताएका छन्।

प्रतिक्रिया