कारोबार


चन्द्र ढकाल प्यानलका केन्द्रीय सदस्यहरुको उम्मेदवारी दर्ता

चन्द्र ढकाल प्यानलका केन्द्रीय सदस्यहरुको उम्मेदवारी दर्ता

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार १४:५४,

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन कार्यालय समेत रहेको नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय पुगि ढकाल प्यानलका बिभिन्न ब्यक्तिहरुले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

आज वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै जिल्ला नगरतर्फबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराएका छन्।

साथै एशोसिएट्सतर्फ ढकाल प्यानलबाट अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराएका छन्।

मनोनयन स्थलमा पुगेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका आर्थिक मुद्दा उठाउन साना, मझौला र ठूला उद्योगि व्यवसायीहरु मिलेर अगाडी बढ्ने बताए। सबै प्रकारका व्यवसाय सञ्चालन गरी विदेशी लगानी समेत प्रवर्द्धन गर्ने उल्लेख गर्दै उनले देश विदेशमा रहेका लाखौ नेपालीहरुका लागि रोजगारी सिर्जना हुने औद्योगिक वातावरण सिर्जना गर्ने बताए।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ। महासंघको आसन्न वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराइ सकेका छन्।

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला-नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसियट उपाध्यक्षमा रामचन्द्र सांघाइले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्।

ढकाल प्यानलबाट जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी केहिले उम्मेदवारी दिन बाँकि रहेको बताइएको छ। केन्द्रीय सदस्य पदका उम्मेदवारहरुले पनि केहीदिनभित्रै उम्मेदवारी गर्दा गराउने पनि उपाध्यक्षका उम्मेदवार ढकालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad