कारोबार


निगमले २६ वर्षदेखी प्रयोग गर्दै आएको सफ्टवेयर परिवर्तन, ३० प्रतिशतसम्म खर्च घट्ने

निगमले २६ वर्षदेखी प्रयोग गर्दै आएको सफ्टवेयर परिवर्तन, ३० प्रतिशतसम्म खर्च घट्ने

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार १०:४७,

नेपाल वायु सेवा निगमले २६ वर्षदेखी प्रयोग गर्दै आएको सफ्टवेयर परिवर्तन गरेको छ।

निगमले सिटा फ्लाईट प्लानिङ सफ्टवेयर परिवर्तन गरी एयरबस कम्पनीको सफ्टवेयर लागू गरेको हो। 

निगमले प्रतिस्पर्धात्मक युगमा आफ्नो सेवा र सुरक्षालाई समायानुकुल सुधार गर्दै एयरबस कम्पनीले विकास गरेको नेभ्ब्लु फ्लाईट प्लानिङ (एन–एफपी) लागू गरेको बताएको छ।

एन–एफपी प्रणालीमा मौसम पूर्वानुमान नोटम, रेम प्रिडेक्सन, ओभर फ्लाई चार्जेस, रुट एण्ड फ्यूल अप्टीमाइजेसन लगायतका बहुउपयोगी विषेशताहरु रहेको छ।

नयाँ सफ्टवेयरले निगमको ३० प्रतिशत खर्च समेत बचत हुने दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad