कारोबार


अझै यी ६ स्थानीय तहमा भएनन् बैंकका शाखा

अझै यी ६ स्थानीय तहमा भएनन् बैंकका शाखा

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार ४:१६,

नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंक शाखा विस्तार गर्न ३ वर्ष अघि निर्देशन दिएकाे भए पनि अझै ६ वटा स्थानीय तहमा व्यवस्था हुन सकेकाे छैन। 

नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४७ वटामा मात्रै बैंक शाखा स्थापना भएका हुन्।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४/७५को सुरुमै बैंकहरुलाई एक वर्षभित्र सबै स्थानीय तहमा बैंक शाखा स्थपाना गर्न भनिएको थियो। तर अझै ६ स्थानीय तहमा बैंक शाखा स्थापना हुन नसकेका हुन्। 

यो संख्या गत वर्ष यही समय ७ सय ३९ थियो। एक वर्षमा ८ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म वाणिज्य बैंकका शाखा स्थापना नभएका स्थानीय तहमा प्रदेश १ अन्तर्गत ताप्लेजुङको मिक्वाखोला, बागमती प्रदेशअन्तर्गत धादिङको रुबिभ्याली र नेत्रावती, कर्णाली प्रदेशअन्तर्गत जाजरकोटको जुरिचाँदे गाउँपालिका तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको काँडा र थलारा गाउँपालिका हुन्।

मिक्वाखोलामा सेन्चुरी कमर्सियल बैंक, रुबिभ्यालीमा बैंक अफ काठमानेडु, नेत्रावतीमा नेपाल इन्भेस्टमेन्ट  बैंक, जुरिचाँदेमा कृषि विकास बैंक तथा थलारामा कुमारी बैंकले शाखा विस्तार गर्न बाँकी छ।

राष्ट्र बैंकका अनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ८१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा छन्।

बैंक तथा वित्तीय संस्थाकाे शाखा संख्या २०७७ असार मसान्तमा ९ हजार ७ सय ६५ रहेकामा अहिले ९ हजार ८५१ पुगेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad