उद्योग वाणिज्य महासंघको निर्वाचनको लागि मनोनयन पत्र खुलेको छ।
महासंंघका सचिवालय महानिर्देशक धरणीधर खतिवडाका अनुसार सबै पदमा उम्मेदवारी दिन चाहनेहरुले मंसिर ४ गतेभित्र फारम बुझाइसक्नुपर्नेछ।
खतिवडाले भने, ‘महासंघको साधारणसभा र निर्वाचन मंसिर ११ र १२ गते उपत्यकामा हुनेछ। त्यसको लागि उपत्यकामा मात्रै साधारणसभा र निर्वाचन गर्ने भएकाले तीन स्थानहरु समेत तोकिएको छ। टेकु (महासंघको केन्द्रीय कार्यालय), कार्की ब्यान्क्वेट र प्रज्ञा प्रतिष्ठानमा हुनेछ।’
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। सोहीअनुसार शेखर गोल्छा अध्यक्ष बन्दै छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षको लागि किशोर प्रधान र चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन्।
त्यस्तै वस्तुगत उपाध्यक्षको लागि उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्षको लागि सौरभ ज्योति र रामचन्द्र संघाईले उम्मेदवारी घोषणा गरेका छन्।
Shares
प्रतिक्रिया