कारोबार


रोल्पाको लिबाङमा प्रभु बैंकको शाखा सञ्चालन

रोल्पाको लिबाङमा प्रभु बैंकको शाखा सञ्चालन

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार ९:४०,

प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि रोल्पाको लिबाङमा शाखा सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार जिल्लाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा आप्mनो २१०औं शाखा खोली सञ्चालनमा ल्याइएको हो। बैंकको लिवाङ शाखा कार्यालयको उद्घाटन रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीले गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि केसीले प्रभु बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताए।

बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उनको भनाइ थियो।

उक्त शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने बैंकले जनाएको छ।

यसबाट स्थानीयबासिन्दा, सर्वसाधारणहरु, व्यवसायिकफर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा लिवाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad