ad ad

कारोबार


नबिल बैंकका सीईओ अनिल शाहलाई कोरोना संक्रमण

नबिल बैंकका सीईओ अनिल शाहलाई कोरोना संक्रमण

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ३:५७,

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार पीसीआर परीक्षण गर्दा आफूमा कोरोना संक्रमण देखिएको उनले बताएका छन्।

गत बुधबार आफूले स्वाद, गन्धहरु पाउन छाडेपछि परीक्षण गर्दा संक्रमण नदेखिएको तर पनि आफूलाई आशंका लागेका कारण आइसोलेसनमै बसेको उनले जनाएका छन्।

शनिबार पुनः परीक्षण गर्दा भने कोभिड–१९ देखिएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्। 

‘तपाईंहरुको शुभेच्छा र प्रार्थनाबाट छिट्टै कोरोना परीक्षण नेगेटिभ आउने आशा गरेको छु,’ उनले ट्विटरमा लेखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .