कारोबार


नेपालमा वर्ल्डलिंकद्वारा फेसबुकसँग साझेदारी, ७५ सय स्थानमा एक्सप्रेस वाईफाई

नेपालमा वर्ल्डलिंकद्वारा फेसबुकसँग साझेदारी, ७५ सय स्थानमा एक्सप्रेस वाईफाई

नेपालखबर
असोज २९, २०७७ बिहिबार १०:५४,

वर्ल्डलिंक कम्युनिकेशनले लिमिटेडले फेसबुकसँगको साझेदारी घोषणा गरेको छ।

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक (आईएसपी) रुपमा रहेको वर्ल्डलिंकले आफ्नो प्रयोगकर्तालाई छिटो, किफायती र भरपर्दो वाईफाई सेवाका लागि फेसबुक कनेक्टिभीटी (जडान) गर्न साझेदारी घोषणा गरेको जनाएको छ। साझेदारीसँगै ७ हजार ५ सय वाईफाई हटस्पट थप गर्ने योजना वर्ल्डलिंकको छ।

वर्ल्डलिंकका अनुसार, एक्सप्रेस वाईफाइले वर्ल्डलिंकलाई नेपालभर अवस्थित १० हजार वाईफाई हटस्पर्टमध्ये ७ हजार ५ सय वाईफाई हटस्पटलाई सहयोग र बलियो बनाउनेछ। अहिले वर्ल्डलिंकले सन् २०१८ देखि १० हजार सार्वजनिक ठाउँमार्फत ५ लाखभन्दा बढी ग्राहकलाई निःशुल्क वाईफाई सेवा दिईरहेकोमा अब ७ हजार ५ सय स्थानमा एक्सप्रेस वाईफाई हुन लागेको हो।

यो सेवाले निम्न वर्ग र कनेक्सन कम भएको ठाउँमा वाइफाइ सर्भिस सञ्चालन गर्न सहयोग गर्ने र यसलाई दीर्घकालिन योजनाका रुपमा अगाडि बढाउन फेसबुकसँग सहकार्य गरेको कम्पनीले जनाएको छ । सहकार्यसँगै वर्ल्डलिंक नेपालभर सार्वजनिक क्षेत्रमा इन्टरनेट सेवाहरुको दिगो विस्तार गर्नका लागि अझ सबल बनेको छ। सन् २०३३ सम्ममा मुलुकमा ३० हजार ठाउँमा सार्वजनिक वाईफाइ सञ्चालन गर्ने योजना वर्ल्डलिंकको छ।

साझेदारीको माध्यमबाट वल्डलिंकले फेसबुक कनेक्टिभीटीको एक्सप्रेसको प्लेटफर्ममार्फत नेपालको वाईफाईको वर्तमान अवस्थामा अझ सुधारका लागि निर्माण, सञ्चालन र वृद्धिका लागि सहयोग गर्ने जनाएको छ। वर्ल्डलिंकका प्रबन्ध निर्देशक दीलिप अग्रवालले वर्ल्डलिंक नेपालका दुर्गम सहितका क्षेत्रहरुका प्रयोगकर्ताहरुको लागि इन्टरनेटको पहुँच वृद्धि गरी डिजिटल डिभाइडको पुलको रुपमा अघि बढ्न सक्षम रहेको बताए।

‘फेसबुकसँगको साझेदारी र एक्सप्रेस आईफाइको विकासले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) बढावा दिन तथा इन्टरनेट जडान नभएका र विपन्न वर्गलाइै सहयोग पुर्याउनेछ’ उनले भने, ‘यसले एकै समयमा हरेक व्यक्ति र ठाउमा छिटो, भरपर्दो र सस्तो रुपमा सेवा दिएर हाम्रो सार्वजनिक वाईफाइ सेवा सुधार गर्नेछ।’

फेसबुकका मोबाइल साझेदारीका निर्देशक करण खारालो उच्चस्तरीय इन्टरनेट पहुँच रोजगारीका साथै शिक्षा, स्वास्थ्य सेवासहितको सुनिश्चितताका लागि अत्यावश्यक वस्तु रहेको बताउँदै एक्सप्रेस वाईफाइ प्लेटफर्मको साथमा वर्ल्डलिंक नेपालमा वाईफाई विस्तारलाई दिगो बनाउन सक्षम हुने बताए। वर्ल्डलिंकसँगको साझेदारीलाई निरन्तरता दिने पनि उनले बताए।

सन् १९९५ मा सुरु भएर दुई वर्षपछि इमेल, १९९९मा भिस्याट हुँदै सन् २००० देखि काठमाण्डौ बाहिरबाट समेत इन्टरनेट सेवा अघि बढाएको बल्र्डलिक सुचना प्रविधि क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनी र सबैभन्दा धेरै रोजगारी दिने कम्पनी हो।

मुलुकमा खपत हुने कुल व्यान्डविथमध्ये ४३ प्रतिशत हिस्सा ओगेटेको  वर्ल्डलिंक आर्थिक वर्ष २०७६/७७ मा १० औं ठूलो करदाता कम्पनी पनि हो। फेसबुकसँगको साझेदारीपछि इन्टरनेटको सेवाविस्तारमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .