ad ad

कारोबार


एनआईसी एशिया बैंकको कार्डमार्फत भुक्तानी गर्दा आकर्षक नगद फिर्ता

एनआईसी एशिया बैंकको कार्डमार्फत भुक्तानी गर्दा आकर्षक नगद फिर्ता

नेपालखबर
असोज २६, २०७७ सोमबार १४:३२,

एनआईसी एशिया बैंकले ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा वडादशैँ, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक नगद फिर्ताको योजना सार्वजनिक गरेको छ। 

उक्त आकर्षक योजनाअन्तर्गत सस्तोडील, ग्यापु, मार्केटप्लेस, ठुलो पसल, इन्फिस्टोर, ओकदम र कलमार्ट जस्ता ई–कमर्शबाट बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन्।

नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो।

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहक महानुभावहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै यस बैंकले सस्तोडील र ग्यापु मार्केटपलेस मा २० प्रतिशत वा रू.दुई हजारसम्म, कलमार्टमा २५ प्रतिशत वा रू.एक हजार पााच सयसम्म तथा ठुलो पसल, इन्फिस्टोर र ओकदममा १५ प्रतिशत वा रू.एक हजारसम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ।

यस बैंकमा आबद्ध ग्राहकवहरूले २७ असोज देखि १ कार्तिक २०७७ सम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सक्नेछन्। चाडपर्वको अत्यावश्यक किनमेललाई सहज एवं सुलभ बनाउनका निमित्त बैंकले उक्त ई–कमर्शहरूसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हुँदा ग्राहकहरूले सो अवसरको फाइदा लिने बैंकले विश्वास लिएको छ।

साथै यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आईसर्भ मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउनुहुन अनुरोध गरिएको छ।

बैंकले कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे साइबरसोर्स मार्फत जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा जारी गरिएको कार्डहरूमार्फत अनलाइन रुपमा भुक्तानी प्राप्त गर्न सकिने सुविधा ल्याएको हुँदा इच्छुक मर्चेन्टहरूले आफ्नो व्यवसायमा यस बैंकको साइबरसोर्स अनलाइन भुक्तानी प्रणाली जोडी ग्राहकहरूको भुक्तानी रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्।

बैंकले ल्याएको यस नवीनतम सेवाले भविष्यमा विभिन्न ई–कमर्शहरूसँग विभिन्न नगद फिर्ताको योजनामा सहकार्य गर्दै ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्ने यस बैंकले लक्ष्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .