ad ad

कारोबार


क्लासिक टेकको दशैं योजना : पाँच हजार पाँच सयसम्म छुट

क्लासिक टेकको दशैं योजना : पाँच हजार पाँच सयसम्म छुट

नेपालखबर
असोज २६, २०७७ सोमबार १२:३८,

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले हरेक ग्राहकहरुको लागि नेपालीहरुको महान चाड बडादशैँको अवसर पारेर पाँच हजार पाँच सयसम्मको भारी छुट पाइने अफर ल्याएको छ। कम्पनीले पाँच हजार पाँच सय मूल्य बराबरको इन्टरनेट सेवाको रिचार्जमा छुट र बोनस उपलब्ध गराउनेछ।

कम्पनीले दशैँको अवसरमा ल्याएको नयाँ अफर अनुसार कम्पनीका हालका ग्राहकहरुले इन्टरनेट सेवाको १ वर्षको रिचार्ज गरेको खण्डमा रु पाँच हजार पाँच सय बराबरको छुट प्राप्त गर्नेछन्। त्यसैगरि ग्राहकहरुले ६ महिनाको इन्टरनेट सेवा रिचार्ज गरेको खण्डमा दुई हजार आठ सय बराबरको छुट प्राप्त गर्नेछन्।

कम्पनीले पुराना ग्राहकहरुको लागि नयाँ रेफर अफर समेत सार्वजनिक गरेको छ। यसअनुसार ग्राहकहरुले क्लासिक टेकको मोबाइल एपमा गएर रेफरमा क्लिक गरेर आफ्ना साथीभाई तथा आफन्तहरुको नाम र नम्बर ठेगाना राख्नुपर्ने हुन्छ। उ

नीहरुले रेफर योजनाअन्तरगत १ वर्षको सब्सक्रिप्सनमा २ महिनाको बोनस इन्टरनेट र आईपी टिभी सेवा निशुल्क पाईनेछ भने ६ महिनाको सब्सक्रिप्सनको साथमा १ महिनाको बोनस इन्टरनेट सेवा र आईपी टिभी निशुल्क पाइनेछ। त्यसैगरि ३ महिनाको सब्सक्रिप्सनको साथमा १५ दिनको बोनस र आईपीटिभी उपलब्ध हुनेछ।

क्लासिक टेकले ल्याएको यो योजना नेपालभर रहेका क्लासिक टेकका ग्राहकहरुको लागि उपलब्ध हुने क्लासिक टेकका प्रमुख सेल्स र मार्केटिङ अफिसर बिनय अधिकारीले जानकारी दिएका छन्। उनकाअनुसार यो अफरमार्फत ग्राहकहरुलाई उच्च गुणस्तरको इन्टरनेट सेवा दिन कम्पनी आक्रामकरुपमा अगाडि बढ्नेछ।

रेफरको बारेमा थप जानकारी थाहा पाउनका लागि क्लासिक टेकको यूट्यूब च्यानलमा हेर्न सकिनेछ। साथै क्लासिक टेकको नयाँ नयाँ योजना र अफरहरु तथा सेवा सुबिधाहरुको बारेमा जानकारी लिन कम्पनीको भाइबर कम्युनिटीमा जोडिएर तथा फेसबुक मार्फत पनि थाहा पाउन सकिनेछ।

रेफर गर्ने तरिका
क्लासिक टेकको मोबाइल एप गूगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्नुपर्छ।

स्टेप १ः क्लासिक टेकले दिएको यूजरनेमर पासवर्डका साथमा लगइन गर्नुपर्छ।

स्टेप २ः रेफर ट्याबमा क्लिक गर्नुपर्छ।

स्टेप ३ः नयाँ पेज देखापर्नेछ। त्यसमा तपाईँले रेफर गर्न चाहेको तपाईँको साथिको बारेमा आवश्यक जानकारी हाल्नुपर्छ।

स्पेट ४ः फर्म भरिसकेपछि त्यहाँ रहेको सबमिटमा क्लिक गर्नुपर्नेछ।

स्टेप ५ः इन्स्टलेशन र कुल भुक्तानी सम्पन्न भएपछि इन्टरनेट र आईपीटीभीमा बोनस पाइनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .