मेडिकल जर्नल ल्यानसेटको अध्ययनअनुसार जापानलाई उछिन्दै भारत सन् २०५० सम्ममा विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको मूलुक बन्नेछ।
साथै भारतले अर्थतन्त्रको सो स्थानलाई सन् २०२१ सम्ममा कायम गर्नेछ।
उक्त अध्ययनका अनुसार त्यसबेला पनि अमेरिका पहिलो अर्थतन्त्र नै हुनेछ र चीन दोस्रोमै यथावत रहेको हुनेछ।
अनुसन्धानकर्ताले विभिन्न देशका सक्रिय उमेर समूहको अध्ययन गरेका थिए। ती समूहको अध्ययन गरेर जीडीपीको लागि परिदृश्यहरु निर्माण गरिएको थियो।
यस अनुसन्धानले सन् २०१७ को अध्ययनलाई आधार मानेको छ। त्यसबेलाको अध्ययनमा भारत विश्वको सातौं अर्थतन्त्र भएको राष्ट्र थियो।
अध्ययनअनुसार सन् २०३० भित्र नै भारत चौथौं अर्थतन्त्र भएको मूलुक बन्नेछ। त्यसबेला अमेरिका, चीन र जापान क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा हुनेछन्। टाइम्स अफ इन्डिया
Shares
प्रतिक्रिया