कारोबार


तामाकोशी तेस्रोमा दुई चिनियाँ कम्पनी, ५० करोड डलर लगानीमा बन्ने

तामाकोशी तेस्रोमा दुई चिनियाँ कम्पनी, ५० करोड डलर लगानीमा बन्ने

नेपालखबर
साउन १०, २०७६ शुक्रबार ८:५८,

दुई चिनियाँ कम्पनीले नेपाली कम्पनीसँग मिलेर संयुक्तरूपमा तामाकोशी तेस्रो जलविद्युत् परियोजना निर्माण गर्ने भएका छन्। परियोजनामा करिब ५० करोड अमेरिकी डलर लगानी हुनेछ।

यससम्बन्धी संयुक्त विकास फ्रेमवर्कसम्बन्धी सम्झौतापत्रमा बिहीबार उर्जामन्त्रालयमा उर्जामन्त्री वर्षमान पुन र युनान प्रान्तका भाइस गभर्नर झांग गुहुवाको उपस्थितिमा हस्ताक्षर भएको छ।

चीनको वाईईआईजी इन्टरनेशनल, सांघाई इन्भेष्टिगेसन, डिजाइन एण्ड रिसर्च इन्ष्टिच्युट कम्पनी लिमिटेड र नेपालको टीबीआई होल्डिंग्सबीच उक्त सम्झौता आदानप्रदान भएको हो।

signing ceremonyपरियोजना निर्माणसम्बन्धी हस्ताक्षर गर्दै दुई देशका कम्पनीका प्रतिनिधि। तस्बिरः सिन्ह्वा

कार्यक्रममा दक्षिण पश्चिम चीनको युनान प्रान्तीय भाइस गभर्नर, अन्य सरकारी अधिकारी र स्टेकहोल्डर पनि उपस्थित रहेका थिए।

कार्यक्रममा बोल्दै उर्जामन्त्री पुनले संयुक्त उपक्रमलाई सफलताको शुभकामना दिए।

मन्त्री पुनले नेपाली परियोजनामा चिनियाँ कम्पनी आउँदा युनान प्रान्तले अहिलेसम्म जलविद्युत् क्षेत्रमा बटुलेको अनुभव पनि आउने बताउँदै यसले दुई देशबीचको ऊर्जा क्षेत्रमा सहकार्यको प्रतीकका रुपमा परियोजनालाई लिएको बताए। कार्यक्रममा भाइस गभर्नर झांगले पनि नेपालसँगको सहकार्यले परिणाममुखी नतिजा दिने बताए। युनान प्रान्तलाई हरित ऊर्जाको मुख्य आधार मानिन्छ भने जलविद्युत्को पनि मुख्य क्षेत्र (हब) मानिन्छ।

उक्त परियोजना २ सय मेगावाटको रहनेछ भने २०२० को सुरुतिरै निर्माण सुरु हुनेछ। यो परियोजना आगामी साढे ३ वर्षभित्र पूरा हुनेछ। कार्यक्रममा टीबीआई ग्रुपका भवन भट्ट पनि सहभागी थिए। उनले परियोजना चीन र नेपाल सम्बन्धको कोशेढुंगा साबित हुने बताए। परियोजना दोलखा र रामेछाप भएर बग्ने तामाकोशी नदीमा बन्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad