कारोबार


एनएमबी बैंक र चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्सबीच भुक्तानीसम्बन्धी सम्झौता

एनएमबी बैंक र चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्सबीच भुक्तानीसम्बन्धी सम्झौता

नेपालखबर
असोज २५, २०७७ आइतबार ११:५५,

एनएमबी बैंक र चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडबीच सम्झौता भएको छ। 

सम्झौतापछि बैंकले सो कम्पनीको विच्याट भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था गरेको छ। यो बैंक विच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो र एकमात्र बैंक रहेको छ।

टेन्सेन्ट होल्डिंग्ससँगको यस साझेदारीबाट एनएमबी बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बन्नेछ।

‘हामी १.१७ अर्ब भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवा मध्ये एक विच्याट भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिंग्स लिमिटेडसंग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेका छौं’ बैंकले विज्ञप्तिमार्फत भनेको छ।

नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको योगदान उल्लेखनीय रहेको छ। संख्यात्मक हिसाबले समेत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनीय रहेको छ। देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई यस बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको छ।

यसबाट यस्ता पर्यटकहरुले सामना गरेको मुद्रा विनिमेयको समस्यालाई सहज बनाउने छ। साथै, चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत मद्दत गर्नेछ।

यसबाट देशको विदेशी मुद्राको संचिति बढाउँन समेत सहयोग पुग्नेछ। विच्याट भुक्तानी प्रणालीको नेपालमा सहज उपलब्धताले साना तथा मझौला व्यवसायीहरुलाई बिदेशी मुद्रा कारोवारको हिसाव मिलानको सहज व्यवस्थापन गर्न समेत मद्दत पुग्नेछ।

एनएमबी बैंक लि. र टेन्सेन्ट होल्डिंग्सका बीचमा भएको यस साझेदारीले नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई भुक्तानीका सहज तथा सरल प्रणाली उपलब्ध गराउँन विविध विकल्पहरूको खोजी गर्न अन्य धेरैको लागि ढोका खोल्नेछ भन्ने कुरामा बैंकले विश्वास लिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad