ad ad

कारोबार


अनलाइन प्रणालीबाट एक महिनामै छ करोड ७५ लाख राजश्व असुली

अनलाइन प्रणालीबाट एक महिनामै छ करोड ७५ लाख राजश्व असुली

नेपालखबर
असोज २४, २०७७ शनिबार ०:३७,

अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले ६ करोड ७५ लाख असुल गरेको छ।

यसरी सङ्कलित भएको राजश्वमा सबैभन्दा बढी वहाल कर रहेको छ। यस वर्षको लागि कामपाले ११ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य लिएको छ। कामपाले पहिलो पटक यस प्रणालीको शुरुआत् यही असोज १ गतेदेखि गरेको हो।

शुरुआती चरणमा १० वटा वडाबाट काम भएको थियो । यही असोज १३ गतेदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको अनलाइन राजश्व निर्धारण तथा सङ्कलन कार्य प्रभावकारी बन्दै गएको कामपाले जनाएको छ।।

कामपा राजश्व विभागका निर्देशक शिवराज अधिकारीले यस कार्यको शुरुआतसँगै कामपालाई कर्मचारीे व्यवस्थापन र पारदर्शी बनाउन सहयोग पुगेको बताए। यो प्रणाली साङ्ग्रीला इन्फरमेटिक्सले विकास गरेको हो।

यही असोज १ गतेदेखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बाट, असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ बाट प्रणाली कार्यान्वयनमा आएको छ। यसैगरी असोज १३ गतेदेखि वडा ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ मा यो प्रणाली लागु भएको छ।

अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ वटा प्लेटफर्म छन्। तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् । यसमा करदाताले महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मुल्याङ्कन करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ।

करदातासँग सम्बन्धित र सोधिएका÷माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट महानगरलाई कति रकम तिर्नुपर्ने हो करदातालाई थाहा हुन्छ । करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धी हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .