ad ad

कारोबार


नेपाल महिला चेम्बर र सोचेको डटकमबीच इकमर्स सम्झौता

नेपाल महिला चेम्बर र सोचेको डटकमबीच इकमर्स सम्झौता

नेपालखबर
असोज २२, २०७७ बिहिबार १२:४२,

नेपाल चेम्बर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्बर र सोचेको डटकमबीच इकमर्स सम्झौता भएको छ।

कोभिड १९ बाट सिर्जित समस्याबाट ब्यापारिक क्षेत्रमा देखिएको शिथिलतालाई चलायमान बनाउन तथा अनलाइन इकमर्सको माध्यमद्वारा उद्यमी वयवसायको व्यापार अभिवृद्धि गर्ने उद्देश्यले सम्झौता भएको हो।

समझदारी पत्रमा महिला चेम्बरको तर्फबाट सभापति उर्मिला श्रेष्ठ र सोचेको डटकमका प्रबन्ध निर्देशक शैलेश लोहनीले हस्ताक्षर गरेका छन्।

सो अवसरमा सभापति श्रेष्ठले अनलाइनको बढ्दो प्रयोगको साथै चेम्बरसँग आवद्ध महिला उद्यमीबाट उत्पादित सामानको ब्यापार अभिवृद्धि गर्न सोचेको डटकम पोर्टल माध्यमबाट एकीकृत रुपमा पोर्टलबाट उत्पादित समान बिक्री वितरण गर्न लागिएको र सो व्यवस्था प्रभावकारी हुने अपेक्षा गरिन्।

नेपाल महिला चेम्बर महिला उद्यमीहरुको साझा छाता संगठनको रुपमा रहेको र यसले महिला उद्यमीहरुका हक हतिका लागि विभिन्न कार्य गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .