कारोबार


कोरोनाको असर : अनलाइनबाट व्यापार गर्दै महिला उद्यमी

कोरोनाको असर : अनलाइनबाट व्यापार गर्दै महिला उद्यमी

नेपालखबर
असोज २२, २०७७ बिहिबार ८:२८,

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण शिथिल व्यापार व्यवसाय प्रवद्र्धनका लागि महिला उद्यमीहरुले अनलाइन व्यापारको बाटो अपनाउने भएका छन्।

व्यापार चलायमान गराउनका लागि नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बर र अनलाइन व्यापारको प्लेट फर्म सोचेको डटकमबीच लिखित सम्झौता भएको हो।

चेम्बरकी सदस्य लीमा अधिकारीले कोभिड–१९ का कारण धारासायी भएको व्यापार÷व्यवसाय अनलाइन ई–कसर्ममार्फत चलायमान बनाउने उद्देश्यले उक्त सम्झौता भएको जानकारी दिइन्।
महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले अनलाइनको बढ्दो प्रयोगका साथै चेम्बरमा आवद्ध महिला उद्यमीबाट उत्पादित व्यापार अभिवृद्धि गर्न एकीकृत रुपमा अनलाइन व्यापार सुरु गरिने बताइन्।

सम्झौतापत्रमा चेम्बरकी अध्यक्ष श्रेष्ठ र सोचेको डटकमका प्रबन्ध निर्देशक कैलास लोहनीले हस्ताक्षर गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad