कारोबार


भारत तस्करी गर्न ठिक्क पारिएकाे साढे दुई करोडको हरियो केराउ बरामद

भारत तस्करी गर्न ठिक्क पारिएकाे साढे दुई करोडको हरियो केराउ बरामद

नेपालखबर
असोज १५, २०७७ बिहिबार ११:५९,

भारतीय सिमानासँग जोडिएको पर्साको इनर्वा गाउँबाट प्रहरीले करिब रु दुई करोड ५० लाख मूल्यबराबरको तीन लाख २५ हजार किलो हरियो केराउ बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका अनुसार हरियो मटर वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भारतको सीमा नजिकै एउटा गोदाममा भण्डारण गरी राखिएको अवस्थामा सो परिमाणको मटर बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।

उनले चाडपर्वलाई लक्षित गरी भारततर्फ तस्करी गर्ने उद्देश्यले नेपाल भारत सीमा नजिकैको एउटा गोदाममा भण्डारण गरिएको अवस्थामा प्रहरीले छापामारी गोदाम सिल गरिएको बताए।

ललितपुर निवासी वेदान्तजङ्ग राणाको नाममा दर्ता रहेको प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङले तस्रो मुलुकबाट मगाएको सो हरियो मटर सीमा नजिक एउटा गोदाममा अवैधरूपमा राखिएको अवस्थामा फेला परेको बताइएको छ। अवैध कारोबार नियन्त्रणका लागि परिचालन गरिएको प्रहरी टोलीले मंगलबार राति नेपालबाट भारततर्फ सामान ओसार्ने ट्र्याक्टरको पिछा गर्दै जाँदा सो गोदामसम्म प्रहरी पुगेपछि उक्त मटर भण्डारण गरिएको अवस्थामा फेला परेको हो।

प्रिज्म कम्पनीले केराउ विक्री गरेको बिलमा खरिदकर्ताको ठाउँमा आफ्नै नाम उल्लेख गरिएको भने पनि बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमा उक्त कम्पनीको आधिकारिक कार्यालय रहेको छ। अहिले भारतीय सीमासँग जोडिएका नेपाली गाउँमा तस्करहरुले घर भाडामा लिई सामानहरु राख्ने गरेको र रातको समयमा ती सामान भारततर्फ लग्ने गरेको स्थानीयवासीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad