साताको कारोबारको अन्तिम दिन आज सेयरबजारमा उछाल देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २०.६१ अंकले बढेको हो।
आज १ सय ९२ वटा कम्पनीको ९९ लाख ३० हजार कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ४७ हजार ३२ पटक भएको किनबेचमा २ अर्ब ८० करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
आज १२ समूहमध्ये जलविद्युत्, म्युचुअल फन्ड र अन्य समूहबाहेक बाँकीको कारोबार सूचक बढेको छ। आज बैंक अफ काठमाण्डूको सर्वाधिक १४ करोडको सेयर कारोबार भएको छ। त्यस्तै, शिखर इन्स्योरेन्सको १३ करोडको, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १२ करोडको, नेपाल पुनर्बीमा कम्पनीको ८ करोडको कारोबार भएको छ।
कमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ। बैंकको प्रतिकित्ता सेयर मूल्य १५ रुपैयाँले बढेको छ। त्यस्तै, कामना सेवा विकास बैंक, मल्टिपर्पस फिनान्स कम्पनीलगायतको पनि सेयर मूल्य बढेको छ। सर्वाधिक गुमाउनेमा माउन्टेन हाइड्रो नेपाल रहेको छ। कम्पनीका लगानीकर्ताले ९.८० प्रतिशत गुमाएका छन्।
प्रतिक्रिया