प्रहरीले काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित मनहरा खोलाबाट एक जनाको सकुशल उद्धार गरेको छ। हात र खुट्टामा डोरी तथा मुखमा पट्टी बाँधेर बेहोस पारी फ्याँकेको अवस्थामा भक्तपुर लोकन्थली बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका १ घर भएका २७ वर्षीय मनिष भण्डारीलाई मंगलबार राति प्रहरीले उद्धार गरेको छ।
सोही ठाउँस्थित महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले बचाउ बचाउ भन्ने आवाज आएको सुनेपछि भण्डारीको उद्धार भएको हो। भण्डारीलाई आइतबार लोकन्थलीबाट तीन जना अपरिचित व्यक्तिहरुले हाल नम्बर नखुलेको भ्यानमा जबर्जस्ती राखेर ३ दिनसम्म उक्त गाडीमा विभिन्न ठाउँमा घुमाई उक्त स्थानमा छोडेपछि होसमा आई कराएको खुल्न आएको प्रहरीले बताएको छ ।
अपहरणमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया