कारोबार


नेपालको पर्यटन र हवाइ क्षेत्रमा लगानी गर्न यूएईका राजदूतलाई पर्यटनमन्त्रीको आग्रह

नेपालको पर्यटन र हवाइ क्षेत्रमा लगानी गर्न यूएईका राजदूतलाई पर्यटनमन्त्रीको आग्रह

नेपालखबर
असोज ४, २०७७ आइतबार १०:९,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (यूएई)लाई नेपालको पर्यटन तथा हवाइ क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र संयुक्त अरब इमिरेट्स (यूएई)का राजदुत सईद हमदान अल नाक्बी बीच भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा युएई सरकार र व्यवसायीहरुलाई आग्रह गरेका हुन्।

मन्त्री भट्टराईले कोभिड १९ को समयमा यूएईबाट नेपाल फर्किन चाहने नेपाली श्रमिकहरुको उडानको लागि यूएई सरकारको सहकार्यको प्रसंसा गदै आउदो दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गरे।

राजदूत नाक्बीले काठमाडौं–युएई उडान थप गर्न आग्रह गरेका थिए। सो सम्बन्धमा मन्त्री भट्टराईले सकारात्मक भई चाँडै निर्णय लिने जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad