माछापुच्छ्रे बैंक लिमिटेडको आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष (२०७६/०७७) को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको १०.४ प्रतिशत लाभांश (करसहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ।
उक्त लाभांशअन्तर्गत बैंकले ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश (करसहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् वितरण गर्ने समेत निर्णय गरेको हो।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो। चुक्ता पुँजी ८ अर्ब ४५ करोड ८४ लाख रहेको माछापुच्छ«े बैंकको साधारण जगेडा कोषमा एक अर्ब ७० करोड रुपैयाँ सञ्चित रहेको छ।
बैंकको देशभर १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पीओएस सुविधा रहेको छ।
प्रतिक्रिया