ad ad

अटो


दशैँलक्षित आकर्षक अफर ल्याउँदै अटो व्यवसायी

दशैँलक्षित आकर्षक अफर ल्याउँदै अटो व्यवसायी

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ७:४३,

नाडा अटो शोमा नयाँ स्किम ल्याउने गरेका अटो व्यवसायीले नाडा अटो शो नभएपछि २०७७ को दशैंलक्षित आकर्षक अफर ल्याउने तयारी गरेका छन्। कोभिड १९ को कारण यो वर्ष नाडा अटो शो नहुने नाडाले बताइसकेको छ।

चैतदेखि लकडाउनका कारण ठप्प अटो व्यवसायलाई दशैँ बजारले चलायमान बनाउने व्यवसायीको विश्वास रहेको छ। असारमा लकडाउन खुकुलो भएसँगै अधिकांश आकर्षक स्किम ल्याएका थिए।

सार्वजनिक यातायात सञ्चालनमा नभएको तथा सुरक्षित महशुस नगरेको अवस्थामा दुईपांग्रे सवारीको बजार ८० प्रतिशतसम्म रिकभर भएको व्यवसायीले बताएका थिए।

भदौको सुरुमै देशका अधिकांश जिल्लामा निषेधाज्ञापछि उठ्न लागेको अटो बजार पुनः ठप्प भयो। सबैभन्दा बढी अटोसम्बन्धी कारोबार हुने उपत्यकामा हप्ताको दुई दिन मात्रै अटो बजार खोल्न दिएको छ।

‘अहिले हप्ताको दुईदिन मात्रै शोरुम खोल्न पाउँछौँ’, बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीकी सहायक महाप्रबन्धक पुनम सिंहले भनिन्, ‘दशैँमा कस्तो अफर ल्याउने भन्ने तयारी गर्दै छौँ।’

उनले लकडाउन तथा निषेधाज्ञाको कारण बजार अलमलमै रहेको बताइन्। ‘अटो बजार बन्दले पूरै अलमल छ। बजाजले दशैँलाई लक्षित गरी आकर्षक अफर ल्याउछ’, सिंहले भनिन्।

कोभिड १९ को बीचमा दुईपांग्रे सवारीको माग रहे पनि चारपांग्रे सवारीको माग भने बढ्नसकेको छैन। कोभिडको कारण धेरैले त आम्दानी नै गुमाएका छन्। पैसा भएका पनि कोभिडको अवस्था के हुने भन्ने डरले गाडी खरिद नगरेको व्यवयायी बताउँछन्।

व्यवसायीले लकडाउन खुकुलो भएसँगै प्यासेन्जर भेहिकलमा अकर्षक अफर ल्याएका थिए। अब दशैंमा पनि नयाँ अफर ल्याउने योजनामै रहेका छन्।

‘हुन्डाईले दशैँको लागि कस्तो योजना बनाउने तयारी गरिरहेको छ’, हुन्डाईको गाडी बिक्री गरिरहेको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले बताए।

हिरोको दशैंलक्षित अकर्षक आफर सार्वजनिक
हिरोका लागि नेपालको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले ‘दशैको वर्ष हिरोत्सवको हर्ष’ नारासहित स्किम सार्वजनिक गरेको छ।

कम्पनीले हिरोको मोटरसाइकल तथा स्किुटर खरिद गर्दा विभिन्न अफर पाउनेछन्। स्किमअनुसार १ लाख रुपैयाँसम्मको बम्पर उपहार, ५ हजार पक्का डिस्काउन्ट र हरेक स्क्रयाच कुपनमा १ लाखसम्म क्यास रहेको छ।

साथै सजिलो योजनाअन्तर्गत हिरोका सबै स्कुटर तथा मोटरसाइकल खरिदमा शून्य प्रतिशत डाउनपेमेन्टमा उपलब्ध रहेको कम्पनीले जनकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .